तपाईँ सुन्दै हुनुहुन्छः

‘हरेक विधेयकमा नकारात्मक टिप्पणी हुनु राम्रो होइन’

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गहन अध्ययन बिना नै हरेक विधेयकका विषयमा नकारात्मक टिप्पणी हुनु राम्रो नभएको बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले कुनै पनि विषयको मुख्य विषयवस्तुमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो नभएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएकाले दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताउनुभयो ।

उहाँले सरकारले वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको भन्नुहुँदै जमीनमा हरेक जनताको पहुँच पुर्याइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button