तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट माउन्ट ब्लाँ सामोनीको भ्रमण

काठमाडौं । फ्रान्सको औपचारिक भ्रमणमा रहनु भएका प्रधान मन्त्री के.पि. शर्मा ओलीले आज फ्रान्सको पर्यटकीय क्षेत्र माउन्ट ब्लाँ सामोनीको भ्रमण गर्नु भएको छ ।

प्रधानमन्त्री ओली आज फ्रान्सको पेरिसवाट स्विट्जरल्याण्डको जेनेभा भएर माउन्ट ब्लाँ सामोनी जानु भएको हो ।

प्रधान मन्त्री ओलीलाई त्यहाँका मेयर एरिक फोर्नेरले स्वागत गर्नु भएको थियो ।

त्यस अवसरमा प्रधान मन्त्री ओलीले पर्वत र पर्वतारोहण नेपाली जीवन पद्धतिको अभिन्न अंग भएको उल्लेख गर्नुभयो ।

त्यसअघि प्रधान मन्त्री ओलीलाई पेरिसको चाल्र्स बेगाल विमानस्थलमा फ्रान्सेली अधिकारीहरुले विदाई गर्नुभएको थियो ।

प्रधान मन्त्री ओलीको विदाईका अवसरमा विमास्थलमा नेपाल र फ्रान्सका राष्ट्रिय झण्डा फहराईएको हाम्रा विशेष प्रतिििनध नरेश फुयाँलले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button