तपाईँ सुन्दै हुनुहुन्छः

फिफा बरियतामा नेपाल चार स्थान तल

काठमाडौं । विश्व फुटबल महासंघ फिफाको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको छ । नेपाल यसअघि १ सय ६१ औं स्थानमा रहेको थियो ।

नेपालले यसै महिना २ वटा मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा नेपाल एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको थियो । नेपालले मलेसिया र चाईनिज ताईपेइसंग मैत्रीपूर्ण खेल खेलेको थियो ।

नयाँ बरियता अनुसार नेपाल दक्षिण एसियाली स्तरमा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ ।

विश्व वरियतामा भने बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो, पोर्चुगल पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button