तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

काठमाडौ-पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो ।

माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले निधन भएको जानकारी दिएका हुन् । पौडेल संविधानसभाको सदस्य हुनुहुन्थ्यो । पार्टीका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्थ्यो ।

पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुनुहुन्छ । उहाँकी श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँका दुई छोरी छन् । पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिनुभयो । उहाँको शव बघौडा अस्पतालमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button