तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा छुट्टा-छुट्टै दुर्घटनामा तीनको मृत्यु

सर्लाही-सर्लाहीमा छुट्टा छुट्टै दुर्घटनामा परि ३ जनाकाृ मृत्यु भएको छ भने ४ जना घाईते भएका छन ।

सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ७ चितायन टोल स्थित भित्री सडक खण्डमा हरिपुरबाट बयलबास तर्फ जादै गरेको ना २५प ६९२२ नम्वरको मोटरसाईकल र बिपरित दिशाबाट आई रहेको ज ५ प ७८८६ नम्वरको मोटरसाईकल गए राति साढे १० बजे एक आपसमा ठोकिदा दुवै मोटरसाईकल चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं. १५ बस्ने ३० वर्षिय अनिल चौधरी र वडा नं. १४ बस्ने ३५ वर्षिय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल दुर्घटना भएपछि दुवै मोटरसाईकल चालक गम्भिर घाईते भई जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा आज विहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य घाईतेहरु वडा नं.१४ बस्ने १७ वर्षिय धिरेन्द्र चौधरी र लालबन्दी नगरपालिका वडा नं. ४ बस्ने २१ वर्षिय संतोश चौधरीको अवस्था चिन्ता जनक रहेकोले बिरगंज रिफर गरिएको र ईश्वरपुर नगरपालिका – १५ बस्ने २१ वर्षिय अक्षय चौधरी र २१ वर्षिय राम वाबु चौधरीको सामान्य उपचार पश्चात घर फर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

त्यस्तै गए राति नै १ बजे मलंगवा न.पा.९ स्थित बसर्पाक नजिकै रहेको पोखरीमा ना २ ह १२२३ नम्बरको टेम्पु आफै अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पुमा सवार बरहथवा नगरपालिका वडा नं. ५ घर भई हाल मलंगवा नगरपालिका वडा नं.४ मा डेरा गरि बस्दै आएको ३५ वर्षिय रबि मेस्तर पोखरीको पानीमा तैरी रहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

पल्टेको आवाज सुनेपछी टेम्पो चालककी श्रीमतिले थाहा पाएपछि पोखरीमा हेर्न जाँदा पानीमा तैरीरहेकोे अवस्थामा शव फेला थियो । फेला शवलाई टेम्पो चालककी श्रीमति र छोराछोरीहरुले शव पोखरीबाट बाहिर निकालेर घरमा ल्याई राखेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गरीहरेको प्रहरीले मलंगवा नगरपालिका .९ निवासी बर्ष ४५ को मिश्रीलाल मेस्तर फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख तथा प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । शव परिक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button