तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र मरिससबीच आज श्रम समझदारी हुने

काठमाण्डौ ।नेपाल र अफ्रिकी मुलुक मरिससबी आज स्वीट्जरल्याण्डको जेनेभामा श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
जेनेभामा जारी अन्तरर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहकै क्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औधोगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नबीच आज साँझ समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको मन्त्री विष्टको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button