तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री जेनेभा प्रस्थान गर्नुहुदैँ

दोहा-युरोपका विभिन्न मुलुकहरुको भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरमा कतारको दोहाबाट स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा जानुभएको हो ।

स्वीटजरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रि«य विमानस्थलमा कतारका सरकारी अधिकारीहरु तथा नेपाली दुतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल सहितका अधिकारीहले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य हुनुहुन्छ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ र प्रेस सल्लाहकार डा. कुन्दन अर्याल तथा सांसदहरु विमल प्रसाद श्रीवास्तव र विन्दा पाण्डे लगायत हुनुहुन्छ ।

यसैग्रि परराष्ट्र सचिव शङ्करदास बैरागी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु लगायत प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button