तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक 

कुुमोद अधिकारी, विराटनगर । प्रदेश न १ सरकारको आर्थिक वर्ष २०७६–०७७ का लागि वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

नीति तथा कार्यक्रमा प्रदेश नं. १ को आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा जोड दिइएको छ ।

कार्यक्रमले प्रदेशको स्वास्थ्य शिक्षाको विकास तथा निजी क्षेत्रलाई प्राथमिकता दिँदै  लगानी भित्र्याउने खालका योजनाहरु अघि सारेको छ ।

साथै मुुख्यमन्त्री ग्रामीण सडक सुुधार परियोजना, बाली तथा पशुुपन्छी बीमा कार्यक्रम, भूमि बैंक स्थापना, कृषिक्षेत्रको विकास, चिया अनुुसन्धान केन्द्रको स्थापना प्रदेशका सबै जनतामा बैंक तथा वित्तीय संस्थाहरुको पहुुँच पुुर्याउने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button