तपाईँ सुन्दै हुनुहुन्छः

निर्यातको प्रबन्ध मिलाउन सरकार प्रतिबद्धः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवाराज खतिवडाले घरेलु उत्पादनलाई प्रोत्साहन गर्दै निर्यातका लागि समेत आवश्यक प्रबन्ध मिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

‘आर्थिक समृद्धिका लागि साना उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने नाराका साथ बुधवारबाट काठमाडौंमा सुरु भएको ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी २०७६ को उद्घाटन समारोहमा अर्थमन्त्री खतिवडाले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न आगामी वर्षको बजेटले सम्बोधन गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले समावेशी र आत्मनिर्भर अर्थतन्त्रको आधार लघु, साना तथा घरेलु उद्योग भएको बताउनुभयो ।

समारोहमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी, उद्योग सचिव यमकुमारी खतिवडा, निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरुले मुलुकको अर्थतन्त्र र स्वरोजगारका क्षेत्रमा लघु, घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको बताउनुभयो ।

५ दिन सम्म चल्ने प्रर्दशनीमा ७७ जिल्लाका २ सय वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button