तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी परियोजना अध्ययन गर्न वोलपत्र आव्हान

पर्वत-कालीगण्डकी जलाशययुक्त बहुउदेश्यिय परियोजनाको संभाव्यताको अध्ययन गर्न वोलपत्र आव्हान गरिएको छ । विद्युत् विकास विभागले उक्त परियोजनाको अध्ययनका लागि बोलपत्र आव्हान गरेको हो । पर्वत, बागलुङ र गुल्मी जिल्लामा पर्ने कालीगण्डकी नदीमा परियोजनाको काम अगाडी बढ्न थालेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त परियोजनाको विस्तृत अध्ययन गर्न वजेट विनियोजन गरेको थियो ।

कालीगण्डकी नदीलाई थुनेर यहाँ ८४४ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने, नदी थुनेर बनेको तालमा स्टिमर सञ्चालन गर्ने, पानी पम्पिङ गरेर सिँचाईको व्यवस्था गर्ने लगायतका बहुउदेश्यिय लक्ष्यका साथ पर्वत, बागलुङ र गुल्मीका स्थानीय तहले सरकारलाई यो परियोजना प्रस्ताव गरेका थिए ।

विद्युत विकास विभागका सिनियर डिभिजनल इन्जिनियर जियोलोजिस्ट सुवर्ण खनालले कालीगण्डकी जलाशययुक्र परियोजनाको विस्तृत अध्ययनका लागि अन्तराष्ट्रिय बोलपत्र आव्हान गरिएको जानकारी दिनुभयो । अध्ययनको काम पुरा गर्न २ देखि ३ वर्षसम्म लाग्न सक्ने खनालले बताउनुभयो ।

जलाशययुक्त जलविद्युत् आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम गरिने खनालले बताउनुभयो । विभागले ८४४ मेघावाट क्षमताको कालीगण्डकी जलाशययुक्त आयोजना सहित अन्य ९ वटा आयोजनाको एकैपटक अध्ययनको प्रक्रिया थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button