तपाईँ सुन्दै हुनुहुन्छः

टाटासुमो पल्टिदा तीन जनाको मृत्यु

रसुवा-रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो पल्टिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेका छन् ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिका–१ गुम्चेतमा दुर्घटना भएको हो । दुर्घटनामा परि सोही ठाउँका ३२ वर्षीय सवारी चालक निमा तामाङ र ३५ वर्षकी जौरानी घले रहेकी छिन् । उनीहरूलाई त्रिशूली अस्पतालमा सामान्य उपचारपछि ग्रिनसिटी अस्पताल काठमाडौँ रिफर गरिएको छ ।

त्यसैगरी ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन् । घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो । टाटासुमो सय मिटर तल त्रिशूली खोलामा खसेको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button