तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल प्रदेश नंं २ को प्रादेशिक प्रसारण कार्यालयको मन्त्री बाँस्कोटाद्धारा शिलान्यास

बर्दिबास-संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले रेडियो नेपालको प्रदेश नंं २ को वर्दिवास महोत्तरीमा रहेको , प्रादेशिक प्रसारण कार्यालयमा वन्ने नयाँ भवनको आज शिलान्यास गर्नुभयो ।

आजै प्रदेश नम्वर २ वाट प्रादेशिक प्रशासरण पनि सूरु गरिदैछ । यस अघि केन्द्रमा उत्पादन भएको सामाग्रीहरु ट्रान्समिटिङ्ग रिले स्टेशन मार्फत प्रसारण गर्दै आएकोमा आज देखि औपचारिक रुपमा प्रदेश नंं २ को प्रादेशिक प्रसारणको शुभारम्भ संगै दैनिक रुपमा प्रदेश नंं २ वाट नै मैथिली, भोजपुरी, मगही भाषामा समाचार तथा कार्यक्रमका साथै नेपाली भाषाको पनि कार्यक्रमको उत्पादन तथा प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले बताउनुभयो ।

रेडियो नेपालले वर्तमान सरकारको संघीयताको अवधारणा अनुसार नेपालमा आएको परिवर्तलाई आत्मसात गर्दै आफ्नो सेवालाई विस्तार गरि प्रदेश स्तरमा पुर्याउने कामलाई उच्च प्राथमिकतामा राखेर कामकाज गरिरहेको त्यसै अनुसार प्रदेश नंं २ को बर्दिवासवाट प्रादेशिक प्रसारण सेवाको शुभारम्भ गर्न लागेको रेडियो नेपालका प्रवक्ता एवं नायव कार्यकारी निर्देशक बुद्धि बहादुर के सीले बताउनुभयो ।

बर्दिवासमा हाल रेडियो नेपालले एफ एम १०३ मेगा हर्ज र मिडियम वेभमा ११ सय ४३ किलो हर्ज मार्फत रेडियो प्रसारण गरिरहेको प्रादेशिक प्रसारण केन्द्रका प्रमुख रामपुकार रामले बताउनु भयो ।प्रादेशिक प्रसारण केन्द्रवाट दिउँसो ३ बजे देखि वेलुका ६ बजेसम्म प्रादेशिक प्रसारण कार्यक्रमहरु सञ्चालन हुने छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button