तपाईँ सुन्दै हुनुहुन्छः

श्रष्टाका सपना साकार पार्नुपर्छः राष्ट्रपति भण्डारी

पूर्णप्रसाद न्यौपाने । राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औं जन्मजयन्तीका अवसरमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –१२ मा स्थापित युगकवि श्रेष्ठको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको आज उद्घाटन गर्नुहुंदै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौं अघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो ।

राष्ट्रपतिले जलस्रोतको सदुपयोग, पर्यटन प्रवद्र्धन र रैथाने कृषिप्रणालीलाई आधुनिकीकरण गरेर समृद्धिको अभियानमा जुट्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युगकविका सपना पूरा गर्नका लागि एकताबद्ध भएर विकासको अभियानमा जुट्नुपर्ने बताउनुभयो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले पहल गर्ने जानकारी दिनुभयो ।

त्यस अवसरमा सिद्धिचरण स्मृति प्रतिष्ठानले स्थापना गरेको नगद एक लाख राशि रुपैयाँको सिद्धिचरण साहित्य पुरस्कार साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरियो ।

यसैगरी साहित्यकार सुवर्ण शाक्यलाई नगद ५० हजारसहित ‘सिद्धिचरण शताब्दी सम्मान’ र नगद ४० हजारसहित सिद्धिचरण पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष होमनाथ दाहाललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button