तपाईँ सुन्दै हुनुहुन्छः

सेतु क्लबले जित्यो ईण्डियन्स विमन्स लिग फुटबलको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा बस्नेतको उत्कृष्ट प्रदर्शनसँगै उनको सेतु क्लबले ईण्डियन्स विमन्स लिग फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

भारतमा बुधबार सम्पन्न फाईनलमा सेतुले मणिपुर पुलिस स्पोट्रस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

फाईनलमा सावित्राले २ गोल गरेकी थिईन् । सावित्राले प्रतियोगितामा तीन वटा ह्याट्रिक सहित जम्मा १५ गोल गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button