तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

पोखरा । । पर्यटकहरुलाई आकर्षित गर्न गण्डकी प्रदेश सरकारले थप नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ ।

प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन गण्डकी प्रदेशले ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो ।

प्रदेशका ११ वटा जिल्ला अन्तर्गतका ऐतिहासिक, पुरातात्विक एवं धार्मिक धरोहर र सम्पदाहरुको उजागर गरी विश्व बजारमा प्रवद्र्धन गर्न लागिएको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button