तपाईँ सुन्दै हुनुहुन्छः

तीनै तहका सरकारमा बिचौलियाका कारण अनियमितताः प्रमुख आयुक्त घिमिरे

कृष्णउदास खनाल, मकवानपुर । अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा बिचौलियाका कारण अनियमितता हुने गरेको बताउनुभएको छ ।

प्रमुख आयुक्त घिमिरेले तीनै तहका सरकारमा बिचौलीया रहेको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयको आयोजनामा कार्यालय प्रमुखहरु संग भएको छलफल कार्यक्रमलाई संबोधन गर्दै उहाँले हरेक क्षेत्रमा बिचौलीया चुनौती पुर्ण बन्दै गएको बताउनुभयो ।

स्थानीय स्तरका लोकल बिचौलिया स्थानीय प्रशासनलेनै तह लगाउन सक्ने बताउनुभयो । आफु प्रमुख जिल्ला अधिकारी समेत भएर काम गरेको अनुभव सुनाउँदै उहाँले प्रहरी लगाएर स्थानीय स्तरका बिचौलिया तह लगाउन सक्ने बताउनुभयो ।

सरकारले गरेका एक हजार ८ सय ४८ वटा रुग्ण प्रकृतिका ठेक्काको काम हेर्दा ठुलो अनियमितता भएको पाइएको बताउनुभयो । यी योजनामा ४७ वटा योजनाको अनियमितताका बिषयमा बिस्तृत अनुसंधान गरिरहेको घिमिरेले बताउनुभयो । निर्माण क्षेत्रमा अझै पनि कार्टेलिङ रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button