तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत सीमा नाका बन्द हुने

नवलपरासी । भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ ।

भारतको महाराजगञ्ज जिल्लामा हुने लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने र यही जेठ ५ गते साँझ ६ बजेपछि सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

भारतको उत्तर प्रदेशमा जेठ ५ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button