तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी नाकाबाट जडीबुटी निर्यातमा बृद्धि

झापा । नेपालको पूर्वी पहाडी जिल्लामा उत्पादन हुने जडीबुटीको माग पछिल्लो समय भारतमा निक्कै बढेको र माग बढेसँगै पूर्वी नाकाबाट जडीबुटी निर्यातमा बृद्धि भएको छ ।

चालू आर्थिक वर्ष २०७५—०७६ को चैत महिनासम्ममा काँकरभिट्टा नाका भएर एक करोड ४० लाख रुपैयाँ मूल्य बराबरको १३८ मेट्रिक टन जडीबुटी भारततर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेकपोष्ट काँकरभिट्टाले जनाएको छ ।

गत वर्ष त्यस नाका भएर २ करोड ३४लाख रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको थियो ।

जडीबुटी निकासी गर्दा निर्यातकर्ताले प्रतिक्विन्टल एकसय रुपैयाँ राजश्व बुझाउनुपर्ने ब्यवस्था रहेको हाम्रा झापा समाचारदाता रोहित काफ्लेले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button