तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा लगानी गर्न भियतनामका व्यावसायीलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाल व्यवसाय गर्नका लागि भर्जिन ल्याण्ड भएको र जुनसुकै क्षेत्रमा लगानी गरे पनि प्रतिफल सुनिश्चित रहेको हुंदा निर्धक्क भएर लगानी गर्न भियतनामका व्यवसायीहरुलाई आह्वान गर्नुभएको छ ।

भियतनामको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले आज हनोईमा नेपाल भियतनाम व्यवसायी मञ्चलाई सम्बोधन गर्दे नेपालमा रहेको प्रचुर प्राकृतिक स्रोत र पर्याप्त जनशक्तिका कारण लगानीको उपयुक्त वातावरण रहेको वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button