तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारमा मुछिए कारवाहीः नेता पौडेल

उदयपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका नेता भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ ।

प्रेस युनियन उदयपुरले आज सदरमुकाम गाईघाटस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाए पनि नेपाली जनताले सोचे जस्तो काम गर्न नसकेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button