तपाईँ सुन्दै हुनुहुन्छः

होटल व्यावसायमा लगानी बढ्दै

काठमाडौं । पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेको होटल व्यवसायमा पछिल्लो समय लगानी क्रमिक रुपमा बढेर गएको छ ।

नेपालका प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् । नेपालको होटेल व्यवसायमा हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय होटेलका सञ्जाल रहेका ठूला कम्पनीले पनि लगानी बढाएका छन् ।

होटल एशोसिएसन अफ नेपाल (हान) का अनुसार मुलुकभर १० हजार भन्दा बढी होटलमा १० खर्बको हाराहारीमा लगानी भएको छ । पछिल्लो समय नेपालमा चेन होटल मेरियट सहित १४ पाँचतारे होटल सञ्चानमा आइसकेका छन् ।

अहिले नेपालका होटेलहरुमा २५ लाख पाहुनालाई बस्न, खान, मनोरञ्जन तथा सभा सम्मेलन गर्ने लगायतका सेवा प्रदान गर्न सक्षम रहेका छन् ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले मुलुकभर साना–ठूला होटल, गेष्ट हाउस, लज र घरबास ‘होमस्टे’ गरी १० हजारभन्दा बढी सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

एक अध्ययनअनुसार नेपाली होटल उद्योगमा हालको बजार मूल्यका आधारमा १० खर्बभन्दा बढीको लगानी भएको छ भने १० लाखभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button