तपाईँ सुन्दै हुनुहुन्छः

बनेन न्याय सम्पादन इजलास

जुम्ला-जुम्लाका स्थानीय तहमा न्याय सम्पादन गर्ने इजलास नभएका कारण समस्या हुने गरेको छ । उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समिति गठन भएको दुइ वर्ष बिते पनि यहाँका स्थानीय तहमा इजलास बनेका छैनन् । चन्दननाथ नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक अप्सरादेवी न्यौपानेलाई विवाद मिलाउने क्रममा मनमा एक किसिमको डर लागिरहन्छ । आफ्नै कार्यकक्षमा पक्ष–विपक्षलाई कोचाकोच राखेर छलफल गर्दा सुरक्षा चुनौती हुने उहाँ बताउनुभयो ।

सरकारले स्थानीय तहका उपप्रमुखलाई न्यायिक समितिको संयोजक तोकेको छ । न्यायिक इजलास नहुँदा न्यायिक समितिले उपप्रमुख तथा उपाध्यक्षको कार्यकक्षबाटै न्याय सम्पादन गरिरहेका छन् । इजलास नहुँदा पक्ष र विपक्षलाई पर्याप्त छलफल गराउन र विवाद मिलाउनसमेत समस्या हुने गरेको न्यायिक समितिका संयोजकले बताएका छन् । इजलास नहुँदा गोपनीयता कायम गर्नसमेत नसकिएको पातारासी गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक पुन्नकली महताराले बताउनुभयो ।

जिल्लाका आठ स्थानीय तहमा न्यायिक इजलास छैनन् । न्यायिक इजलास नहुँदा यहाँका स्थानीय तहमा दुवै पक्षलाई चौरमै राखेर छलफल गर्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button