तपाईँ सुन्दै हुनुहुन्छः

माटो सुहाउँदो विकास समेटनुपर्ने सरोकारवालाको सुझाव

सुरेन्द्रमणि त्रिपाठी । आगामी आर्थिक वर्षको बजेटले उत्पादन, आर्थिक वृद्धि र नेपालको माटो सुहाउदो विकासलाई समेटनुपर्ने सरोकारवालाहरुले सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभा अर्थ समितिले आगामी आर्थिक वर्ष २०७६–०७७ को प्रि बजेटमाथि छलफल गर्न आज काठमाडौमा आयोजना गरेको छलफलमा सहभागीले समावेशिता, पुर्वाधार एवं दिगो आर्थिक विकास, उत्पादन र उत्पादकत्व वृद्धिजस्ता विषयहरु प्राथमिकतामा राखेर कार्यान्वयन गर्न सक्नेगरी बजेट निमार्ण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले कर प्रणालीलाई वैज्ञानिक बनाउनुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिदै आयात प्रतिस्थापन गरी मुलुकको आर्थिक समृद्धिका लागि अघि बढनुपर्ने बताउनुभयो ।

अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले निजी क्षेत्रका समस्या र राजनीतिक प्रतिबद्धताको सम्बोधन गर्न छलफलबाट महत्वपूर्ण सुझाव आएको र बजेट निर्माणमा ती सुझावहरु समेटिने गरी समितिले प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button