तपाईँ सुन्दै हुनुहुन्छः

डेढ महिनामा ६० नयाँ उद्योग थपिए

नवलपरासी । घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको डेढ महिनामा नवलपुरमा ६० नयाँ उद्योग थपिएका छन् ।

गएको चैतबाट कावासोतीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयमा चैतमा मात्रै ४२ नयाँ उद्योग थपिएका छन् ।

वाणिज्यतर्फ ४८ नयाँ व्यवसाय थपिएका छन् । बैशाखको २० गतेसम्ममा उद्योग र वाणिज्यतर्फ १८ उद्योग, व्यवसाय थपिएका छन् ।

यसअघि परासीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु कार्यालयले कावासोतीबाट सेवा प्रदान गर्न थालेसँगै उद्योग, व्यवसाय गर्नेलाई सहजता भएको र उद्योग थपिने क्रम समेत बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायणप्रसाद गौतमले बताउनुभयो ।

चैतमा थपिएका नयाँ ४२ उद्योगमा नौ करोड ५५ लाख ७९ हजार ९०० पूँजी लगानी भएको छ । नयाँ उद्योग सञ्चालन गर्नेमा आठ महिला उद्यमी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button