तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक २०.१२ बिन्दुले घट्यो

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोबार मापक नेप्से परिसूचक २०.१२ बिन्दुले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६७ कम्पनीका एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा किनबेच भए ।

अघिल्लो साता लगातार बढेको बजार यस साता भने ओरालो लाग्यो । छोटो समयमा नाफा कमाउने होडका कारण बजार तरल बन्न पुगेको जानकारहरूले टिप्पणी गरेका छन् ।

विशेषगरी बैंक, बीमा तथा उत्पादनमूलक क्षेत्रका कम्पनीको शेयरमा भने तीव्र उतारचढाव साताभर नै देखिएको छ ।

साताको पहिलो दिन बैशाख १५ गते आइतबार शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भयो । कारोबार मापक नेप्से परिसूचक २२.३९ बिन्दुले वृद्धि भई एक हजार ३१४.५१ बिन्दुमा पुग्यो ।

सोमबार थामिएको बजार क्रमशः घटेर बिहीबारसम्म बजार ओरालो लागने क्रम जारी रह्यो ।

बजार ओरालो लाग्ने क्रम जारी रहेका कारण अन्तिम कारोबारको दिनसम्ममा स्टकका अनुसार कारोबार मापक नेप्से परिसूचक घटेर एक हजार २९४.३९ बिन्दुमा झर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button