तपाईँ सुन्दै हुनुहुन्छः

बारा–पर्साका हावाहुरी पीडितको घर भोलिदेखि निर्माण शुरु गरिने

बीरगंज । बारा र पर्साका हावाहुरी प्रभावितहरुको घर निर्माण कार्यको भोलि औपचारिक शुभारम्भ हुने भएको छ ।
बाराको पुरैनियामा आयोजना गरिने विशेष कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले औपचारिक रुपमा शिलान्यास गरी घर निर्माण कार्यको शुभारम्भ गर्नु हुने सुरक्षा श्रोतले जनाएको छ । कार्यक्रममा नेपाल सरकारका १० जना मन्त्रीहरुको समेत सहभागिता रहने जनाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावितको घर निर्माण कार्यको औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा प्रधानमन्त्रीको कार्य व्यस्तताको कारण दुई जना उपप्रधानमन्त्रीद्वारा शुभारम्भ गरिने तयारी भईरहेको सुरक्षा श्रोतले जनाएको छ ।
नेपाली सेनाले सरकारले दिएको तथ्यांकको आधारमा १४ सय ५३ वटा घर निर्माण डेढ महिना भित्रै सक्ने गरी ७ सय इन्जिनियर सहित सेनाको ठूलो डफ्फा प्रभावित क्षेत्रमा खटिने भएको छ ।

सरकारले घर निर्माणका लागि नेपाली सेनालाई ८५ करोड रुपैया उपलब्ध गराई सकेको छ । शुभारम्भ कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेपाली सेनाले आवश्यक तयारी पुरा गरि सकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button