तपाईँ सुन्दै हुनुहुन्छः

फानी चक्रावतको नेपालमा पनि प्रभाव

काठमाण्डौं । बंगालको खाडीबाट शुरु भएको फानी नामक चक्रवातले भारतको उडिसा राज्य हुँदै पश्चिम बंगालमा व्यापक प्रभाव पार्ने क्रमसँगै त्यसले नेपालमा पनि प्रभाव पार्ने देखिएको छ ।
चक्रवातको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज शुक्रबार र भोलि शनिबार मेघ गर्जनरचट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्यका हिमाली भूभागमा आज राति मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।
साथै देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र पश्चिमका हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ ।
यसैबीच गृह मन्त्रालयले देशको पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकोप्टर उडान नगर्न तथा पर्यटक यात्रुहरुलाइ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको विश्लेषण छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button