तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ३ को लगातार दोस्रो जित

काठमाडौं । मनमोहन स्मृति अन्तर प्रदेशीय अण्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जित दर्ता गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रदेश ३ ले ४ अङ्क बटुल्दै समूह ए को शीर्ष स्थान कायम राख्न सफल भएको छ ।

यस खेलको प्लेएर अफ दि म्याच प्रदेश ३ का दिपक बोहोरा घोषित भएका थिए ।

कीर्तिपुरमा बिहीबार नै भएको दोस्रो खेलमा प्रदेश ७ ले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो ।

यस खेलको प्लेएर अफ दि म्याच प्रदेश ७ का सचिन बदायक घोषित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button