तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी मेची नेत्रालय गोल्ड कपको फाईनलमा

झापा । त्रिभुवन आर्मी क्लब मेची नेत्रालय गोल्ड कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

काँकडभिट्टामा बिहीबार भएको सेमिफाईनलमा थ्री स्टार क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाईनलमा स्थान पक्का गरेको हाम्रा झापा समाचारदाता निषेश राईले जनाएका छन् ।

प्रतियोगिताको फाईनल खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच यही आउने शनिबार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button