तपाईँ सुन्दै हुनुहुन्छः

पुनःनिर्माणको काम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड

भुवनप्रसाद आचार्य । गत चैत १२ गतेको हावाहुरीबाट प्रभावित वारा, पर्सा र सर्लाहीका पीडितहरुको आवास पुनःनिर्माणको काम प्रभावकारीरुपमा सञ्चालन गर्नु पर्नेमा सांसदहरुले जोड दिनु भएको छ ।

संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा समितिको तर्फबाट प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी तयार पारेको प्रतिवेदनका सम्बन्धमा भएको छलफलमा सांसदहरुले सरकारले घटनामा प्रभावकारी रुपमा राहत तथा उद्धारका कार्यहरु शिघ्र र प्रभावकारीढंगले गरेकोमा खुशि व्यक्त गर्दै पुर्ननिर्माणको काम बर्षा अघि नै सक्ने गरी अघि बढाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले बर्खा लाग्नु अघि नै सरकारले हावाहुरी प्रभावित जनतालाई आवास उपलब्ध गराउने गरी पीडितका लागि घर बनाउने काम अघि बढाएको बताउनु भयो ।

उहाँले सरकारले नेपाली सेनामार्फत १ हजार ४ सय ५३ घर निर्माणको लागि प्रकृया शुरु भएको र आवश्यक बजेट विनियोजन समेत गरेको जानकारी दिनुभयो । गृहमन्त्री थापाले सरकारले देशभरका कारगारहरुको सुधार गरी क्षमता विस्तारको काम अघि बढाएका पनि जानकारी दिनु भयो ।

गृहमन्त्री थापाले हाल देशभर २२ हजारको संख्यामा कैदी बन्दीहरु रहेको तर कारागारहरुको क्षमता भने १४ हजारलाई राख्ने मात्र रहेको बताउनुभयो ।

बैठकमा भुमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले स्थानी स्तरमा आवश्यकता अनुसारका घरहरु निर्माणका लागि भूमिको व्यवस्थापन गरेर पुनःनिर्माणको काममा शिघ्र गर्न मन्त्रालयल सम्बन्धी अन्य निकायहरसंग समन्वय गरेर अघि बढने बताउनु भयो ।

शहरी विकास मन्त्री मेहम्मद इस्तियाक राईले मन्त्रालयले हावाहुरी प्रभावित क्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार पारेको र त्यहाँ आवश्य पर्ने प्राविधिक काममा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

बैठकमा गृह, रक्षा तथा प्रधानमन्त्री कार्यालयका सचिवहरुले हावाहुरी प्रभावित क्षेत्रमा पुनःनिर्माणका सम्बन्धमा आआफनो तर्फबाट भैरहेको कामको जानकारी गराउनु भएको थियो ।

छलफलमा नेपाली सेनाको तर्फबाट युद्ध कार्य महानिर्देशनालयका प्रमुख प्रभुराम शर्माले नयाँ बन्ने घरहरु तीन कोठा र टवाइलेट सहित जस्ताको छाना भएको हुने र घर निर्माणमा ५ लाख भन्दा बढी रकम लाग्ने अनुमान गरिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button