तपाईँ सुन्दै हुनुहुन्छः

‘२७ प्रतिशत श्रमिकले न्यूनतम पारिश्रमिक पाएनन्’

बालिका मादेन । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले उद्योग, प्रतिष्ठानमा कार्यरत २७ प्रतिशत श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

अन्तराष्ट्रिय श्रमिक दिवसको सन्र्दभमा आज काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि जिफज्टले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा ५९ दशमलव ३२ प्रतिशत श्रमिकले तोकिएको कार्यसमय भन्दा बढी समय काम गर्ने गरेको तथ्यांक उल्लेख छ ।

पत्रकार सम्मेलनमा जिफज्टका अध्यक्ष बिनोद श्रेष्ठले सरकारले जारी गरेको श्रम नियमावली, रोजगार ऐन, सामाजिक सुरक्षा योजना कार्यान्वनको तयारी, बैङ्क मार्फत पारिश्रमिक भुक्तानी, गन्तव्य मूलुकका सरकारसँगको श्रम सम्झौता लगायत कार्य सकारात्मक भएको बताउनुभयो ।

भोली अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौका विभिन्न स्थानबाट ¥याली निकाली भृकुटीमण्डपमा सभा गरिने जानकारी जिफन्टले दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button