तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनमा १५.९१ अंकले शेयर बजार घट्यो

काठमाडौं । विगत केही दिन देखि बढेको नेपाली शेयर बजार दुई दिनमा १५.९१ अंकले बजार घटेको छ ।

दुई महिनाको अवधिमा शेयर बजार २१४ अंकले सुधार हुँदा लगानीकर्ताहरुले नाफा बुक गर्न थालेकोले बजारको कारोबार केही घटेको अनुमान गरिएको छ ।

शेयर बजार अझै सुधार हुने भन्दै बजार घट्दै गर्दा पनि केहि लगानीकर्ताले भने शेयर खरिद गरिरहेका छन ।

सोमबार शेयर बजार ११.७० अंकले घट्दा कारोबार रकम ९५ करोड रुपैयाँमा खुम्चिएको छ ।

आइतबार ४ अंकले बजार घट्दा एक अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो । दुई दिन लगातार बजार करेक्सन हुँदा कारोबार रकम ९५ करोड रुपैयाँमा खुम्चिएको हो ।

आइतबार शेयर बजार २२ अंकले सुधार हुँदा एक वर्ष यताकै अधिकतम एक अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको थियो ।

आगामी दिनमा शेयर बजार बढ्दो क्रममा रहने भन्दै साना तथा ठूला लगानीकर्ता बजार प्रवेश गरेका छन् ।

मंगलबार हाइड्रोपावरको सूचक ३.८२ प्रतिशतले सुधार भएको छ । गएका दिनमा हाइड्रोपावरको सूचक बढ्न सकेको थिएन ।

बाणिज्य बैंक र बीमा कम्पनीको शेयर घट्न थालेसँगै सस्तो मूल्यका हाइड्रोपावरको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन् । बजार बढ्न थालेसँगै हरेक दिन फरक फरक सूचकमा सुधार देखिन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button