तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी दलका चासो

काठमाण्डौ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज सिंहदरवारमा बसेको बैठकमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले बजेट अधिबेशनमा प्रमुख प्रतिपक्षी दलको रणनीति र भूमिका बारे सांसदहरूसंग छलफल गर्नुभएको छ ।

बैठकपछि पत्रकारहरू संग कुरा गर्दै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रि–बजेट छलफलको आयोजना नगरेर लोकतान्त्रिक विधीको अवमूल्यन गरेको बताउनुभयो ।

उहाँले सरकारले सर्वसत्तावादी चरित्र प्रस्तुत गरेको आरोप लगाउँदै त्यसलाई जनता सम्म पु¥याउन र जनताको अधिकार संरक्षण गर्न काँग्रेसले ईमान्दार भूमिका निर्वाह गर्ने बताउनुभयो ।

काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सांसद पूर्वाधार विकास कोषको निरन्तरता र स्वरूप बारे पनि नेतृत्व समक्ष जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button