तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षलाई रचनात्मक आलोचना गर्न सभामुखको अपील

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सङ्घीय संसद्को चौथो अधिवेशनलाई उपलब्धिमूलक र ऐतिहासिक बनाउन रचनात्मक ढङ्गबाट सरकारको आलोचना गर्न अपील गर्नु भएको छ ।

भोलीदेखि शुरु हुने संसदको अधिवेशनको तयारी र कार्यसूचीका बारेमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले गरेका काम कारवाही बारे प्रश्न उठाउने, आलोचना र बहस गर्ने थलो संसद भएकाले त्यसका लागि आफूले वातावरण बनाउने जानकारी दिनुभयो ।

चौथो अधिवेशनका लागि प्राविधिक लगायत सबै तयारी पूरा भएको सभामुख महराले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँबानेश्वरमा भोली अपराह्न ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button