तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्निर्माणको कार्यमा जुट्न प्राविधिकहरुलाई निर्देशन

तुलसी सापकोटा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका प्राविधिकको माग सम्बोधन भइसकेको भन्दै तत्काल पुनर्निमार्णको कार्यमा जुट्न सबै प्राविधिकहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले आज विज्ञप्ती जारी गर्दै प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु सम्बोधन भैसकेको विषय इन्जिनियर्स एसोसियसनका पदाधिकारीहरुलाई जानकारी गराइसकेको अवस्थामा प्राविधिकहरुले सामुहिक राजीनामा दिएको घोषणा गर्नुले भुकम्प पीडितको सम्वेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको जनाएको छ ।

पुनर्निर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न प्राधिकरण बाध्य हुने समेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button