तपाईँ सुन्दै हुनुहुन्छः

‘अनुदानमा बनेका अधिकांश निजी घर प्रयोगमा आएनन्’

केशव ढुंगाना । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आर्थिक अनुदानमा बनेका अधिकांश निजी घरहरू प्रयोगमा नआएको जनाएको छ ।

ट्रान्सपरेन्सीले आज काठमाडौमा पत्रकार सम्मेलन गरी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा सरकारी अनुदानबाट निर्माण भएका ५० प्रतिशत भन्दा बढी निजी घरहरू प्रयोग विहीन भएको जनाएको हो ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले रामेछाप, सिन्धुली नुवाकोट, रसुवा लगायतका जिल्लामा सरकारी अनुदान लिने उद्देश्यले एक वा दुई कोठा मात्र भएका घरहरू बनेको र ती घरहरू सम्बन्धित घरधनी बसोबास नगरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button