तपाईँ सुन्दै हुनुहुन्छः

अल्लो प्रशोधन गरी कपडा बनाउन शुरु

सिन्धुली । सिन्धुली फिक्कल गाउँपालिका–१ महादेवडाँडाका स्थानीयवासीले अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेका छन् ।

फिक्कल गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीबाट एक महिने तालिम लिएपछि उनीहरु व्यावसायिक रूपमै कपडा बुन्ने अभियान शुरु गरेका हुन् ।

महादेवडाँडाका जङ्गलमा अल्लो प्रशस्त पाईने भएकाले त्यत्तिकै खेर गइरहेका अल्लोबाट कपडा उत्पादन गरी घरमै रोजागरी सिर्जना हुनेभएपछि आफूहरुले अल्लोबाट कपडा बुन्ने काम सुरु गरेको स्थानीय कर्णबहादुर सुनुबारले बताउनु भयो ।

अल्लोबाट स्वरोजगारी भई आयआर्जन गरेर जीविकोपार्जन गर्न स्थानीयवासीले चासो देखाएपछि गाउँपालिकाले लगानी गरेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुबारले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button