राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा जानुहुने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा भोली चीनको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।
चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने बी.आर.आई को दोस्रो शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनुहुनेछ । उहाँले त्यहाँ रहेको नेपाली मण्डपको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा गरी यही वैशाख १९ गते स्वदेश फर्कनुहुने छ ।
प्रतिक्रिया राख्नुहोस्