तपाईँ सुन्दै हुनुहुन्छः

बैशाख १६ बाट बजेट अधिवेशन

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख १६ गते सोमबार अपरान्ह ४ बजे संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधान बमोजिम अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बैशाख १६ गतेबाट शुरु हुने अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने भएको छ । सोही दिन छलफल गरेर पारित गरिने पनि जनाएको छ ।

सरकारले जेठ १५ गते संसदमा बजेट पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button