तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारले जनताको हितमा काम गर्न सकेन’

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले काङ्ग्रेस एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह, सहमहामन्त्री डाक्टर प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेपाल विद्यार्थी संघको महत्व अहिलेको अवस्थामा झन बढेर गएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button