तपाईँ सुन्दै हुनुहुन्छः

साइक्लिङमा बज्राचार्य र मगरलाई स्वर्ण पदक

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको साइक्लिङमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेश रत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपालगञ्जमा सोमबार सम्पन्न साईक्लिङमा त्रिभुवन आर्मीकै हिमाल टमाटाले दोस्रो हुँदै रजत पदक प्राप्त गरे भने गण्डकी प्रदेशका हिक्मत विकले तेस्रो स्थान प्राप्त गर्दै काँस्य पदक प्राप्त गरे ।यसैगरी, महिलातर्फ गण्डकी प्रदेशकी उषा खनालले दोस्रो स्थान प्राप्त गर्दै रजत पदक र प्रदेश ३ की निर्जला ताम्राकारले तेस्रो स्थान गर्दै काँस्य पदक प्राप्त गरेकी थिईन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button