तपाईँ सुन्दै हुनुहुन्छः

लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा कार्यरत लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईलाई सडक मर्मत सम्पन्न पश्चात्को रकम भुक्तानीका लागि सेवाग्राहीसँग बीस हजार घुस लिइसकेको अवस्थामा आज नियन्त्रणमा लिएको छ ।

लेखा अधिकृत भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाउनुभएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button