तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्ष सुरु भएसँगै ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियान लागु

सरकारले नयाँ वर्ष सुरु भएसँगै ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियान लागु गरेको छ । सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य उपचार सुविधा पाउने गरी यो अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिने र बीमाको प्रिमियम नेपाल सरकारले तिर्नेछ । ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा पु¥याउने उद्देश्यले सरकारले यो कार्यक्रम लागु गरेको हो ।

यसै सन्दर्भमा हामीले ७० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सरकारले ल्याएको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम तपाईलाई कस्तो लाग्यो भनी काठमाडौंमा केहीलाई सोधेका थियौं कार्यक्रम लागु भए प्रभावकारी हुने सबैले वताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button